विराटनगर ५ पुस । विराटनगरमा भोली देखि शुरु हुने मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ चारदेशका उत्पादनका २४० स्टल हुने भएका छन ।

आज आयोजकले पत्रकार सम्मेलन गरि विराटनगर २ विराट नर्सिङ होम नजिक पुस १६ गते सम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका उत्पादनहरु राखिने मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो ।

एक्स्पोले स्वदेशी उद्योग व्यवसायको प्रर्वद्धन, नेपाल व्यापार रणनीति अन्र्तगत पहिचान गरिएका कोशी प्रदेशका अधिकांश बस्तुहरु सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजार विस्तार, स्वदेशी एव. विदेशी लगानीकर्ताहरुवीच व्यवसायीक सम्वन्ध र सहकार्य स्थापना गर्ने अध्यक्ष रिजालको भनाई छ ।

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुकासाथै कोशी प्रदेशको महत्व झल्कने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रर्दशनी हुने अध्यक्ष रिजालले बताउनुभयो । मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवद्र्धन, विकास, बृद्धि र अर्थतन्त्रलाई पुन : प्राप्ती गर्ने उद्देश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘एक्स्पोमा करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।’

एक्स्पोमा दर्शकहरुलाई मनोरञ्जनका लागि सांस्कृति कार्यक्रम, सेल्फी जोन, किड जोन, ५५ फिट अग्लो आईफिल टावरको आकृति निर्माण गरिएको एक्स्पोका संयोजक अनिलकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार वर्ग फिटको जर्मन प्रविधिको हेंगरमा निर्मित २ सय ४० वटै स्टलहरु बुक भईसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया