गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ ।

गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफुलाई माया गरेको प्रेमीलाई जिवनमा सजाउने सपना राख्दा राख्दै जिवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ । समिक्षा पोखरेल , गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।

‘कलीलो यौवन’ गीत पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया