त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै विरोध प्रदर्शन भएको छ ।
त्रिवि स्ववियुको नेतृत्वमा विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै आज परीक्षा नियन्त्रण कार्यालय, बल्खु अगाडि प्रदर्शन गरिएको हो ।
उनीहरुले ‘परीक्षा उत्तीर्ण गर्नभन्दा प्रमाणपत्र लिन किन यति धेरै सास्ती ?’, ‘पैसा जम्मा गर्न लाइनमा कति बस्ने ?’, ‘प्रमाणपत्र समयमै दिई इतिहास कहिले रच्ने ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका हुन् ।
त्यस्तै, ‘विश्वविद्यालय पदाधिकारी जागिर हो कि जिम्मेवारी ?’, ‘कुलपतिज्यू, राजनीतिक भागबण्डबाहेक अरु बेला विश्वविद्यालय कहिल्यै सम्झिनु भएको छ ?,’ पनि लेखिएको छ ।







































































