काठमाडौं । सरगम राईको शब्द तथा संगीतमा ’नजाउ टाढा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक सुजन सापकोटाले स्वर भरेका छन ।सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।
प्रेम र रोदन विचको पिडालाई गीतमा समावेश गरिएको छ । युवा वर्गमा लोकप्रिय भएकी पवी साकी र मोडल तथा हास्य कलाकार सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा को निमार्ण आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ ।
गीतलाई ’कोशिश’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । दिनेश पराजुलीको छायाँकन , विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो ।

’नजाउ टाढा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया