काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ६ वर्षमा लागेका अंशले काठमाडौँको मुलपानीमा स्नेहा बाल आश्रमका लागि उक्त रकम सहयोग गरेका हुन् ।

कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर आफू जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्टर रमिल अधिकारीले जानकारी दिए । न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष इकुद्धारा संचालित आश्रमका बालबालिकालाई सहयोग गरेका हुन् ।

अंशले न्युजिल्याण्डबाट पठाएको उक्त रकम बुझ्दै कलाकार समेत रहेका बाल आश्रमका अध्यक्ष इकुले ६ वर्षका बाबुले आफ्नै समान उमेरका बाबु आमा नभएका बालबालिकाका लागि गरेको सहयोग स्रहानीय भएको बताएका छन् । इकुको बाल आश्रममा १६ जना बालबालिकाहरु रहेका छन् । अंशले विगतका वर्षहरुमा पनि काठमाडौँका विभिन्न संघ संस्थाहरुमा जन्मदिनको अवसरमा सहयोग प्रदान गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया