काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर कम्पान्ट र समाज लघुवित्तको कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

आज एक करोड २३ लाख कित्ता शेयर चार अर्ब २५ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया