काठमाडौं :

पूर्व पर्यटन मन्त्री सुदन किराँतीले आफ्नो जन्मोत्सवको अवसर पारेर शनिबार एक कार्यक्रमको आयोजना गरि बरिष्ठ नृत्य निर्देशक भैरव थापालाई सम्मान गर्दै पलपल बगिरहेछु गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘पलपल बगिरहेछु’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

प्रस्तुत गीतमा माननिय सुदन किराँतीको शब्द, शान्तिराम राईको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ। मतुवाली र आर्यन बीचको बाल्यकालको मायाँप्रेमलाई बिथोल्न खोजियता पनि कालान्तरमा उनिहरुको प्रेमले सार्थकता पाएको थिडियोमा देखाउन खोजिएको छ । विशेष गरि पूर्वेली समाजमा देखिने वास्तविकतालाई उजागर गर्न खोजिएको गीतलाई योगेन मुकारुङले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग मिन विष्टले गरेका छन् ।

गाउँवस्तिको सुन्दर दृश्य कैद गरिएको भिडियोमा आर्यान सिग्देल, मल्लिका महत आदिको अभिनय रहेको छ भने बाल कलाकारमा उचित ढकाल, समृध्दि खड्गी, आएल्य शेर्पा रहेका छन् । सम्पादन बिकास धमला, क्यामरा उत्तम हुमगाई, निर्देशन निकेश खड्काको रहेको छ । बिगतमा हजारौ श्रोता रुचिको सिर्जना पस्किसकेका गायक कन्काईष्ट राईले पलपल बगिरहेछ बोलको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया