गायिका बबिना किराँतीको स्वरमा लोकप्रिय गीत ‘आकाशैमा चिल हो की बेसारा’ को फिमेल भर्सन सार्वजनिक भएको छ । भुवन थुलुङको शब्द संगीत रहेको गीतलाई फिमेल भर्सनमा बबिनाले गाउँदा निकै मिठ्ठो सुनिएको छ । १ दशक भन्दा पहिले रिलिज गरिएको मेल भर्सनमा गायक महेश थुलुङको स्वर रहेको थियो । उक्त ‘आकाशैमा चिल हो की बेसारा’ गीतको भिडियो गायिका बबिना किराँतीको अफिसियल युटुब च्यानलमा रिलिज गरिएको छ । मेल भर्ससनलाई कुमार थापाले एरेन्ज गरेका थिए ।

फिमेल भर्सनका एरेन्जर रिकेश गुरुङ हुन् भने गीतमा रेकर्डीस्को भुमिकामा सुरेश राई र किरण सिंह थापा छन् । गीतको मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका छन् । यो गीतको फिमेल भर्सनको अडियो पनि निकै बलियो बनेको छ । भने भिडियोले पनि सबैको मन लोभ्याएको छ ।

भिडियोका निर्देशक राजेश पुमा राई हुन् । इसक जबेगुले खिचेको भिडियोका सम्पादक बिकाश धमला हुन् । भिडियोमा सम्राट अधिकारी, अनिष मगर, सृष्टी सुब्बा, रश्मि आले मगर लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया