विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ ।

विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, पूर्वाञ्चलका साहित्यिक धरोहर, नेपाली भाषा र साहित्यको उन्नयनमा आजीवन साधनारत सुवेदीको निधनप्रति श्रष्टा तथा सर्जकहरुले दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय सुवेदीको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजे धार्मिक परम्परा अनुसार परोपकार घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया