दुर्गा प्रसाईंलाई दिइएको हतियार इजाजतबारे सरकारले छानबिन गर्न लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयानुसार मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा मन्त्रालयका उपसचिवहरु ऋषि पौडेल,एकदेव अधिकारी र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई छन् ।

समितिलाई दुर्गा प्रसाईंको नाममा दिइएको हतियारको इजाजतपत्र र त्यसको नवीकरणबारे समग्र अध्ययन गरेर दोषीमाथि कारबाहीको सिफारिस गर्नेसम्मको अधिकार दिइएको छ । मन्त्रालयका अनुसार समितिले इजाजत प्राप्त हातहतियार र खरखजानाको अनुगमन,नियमसमेत गर्ने छ ।

त्यस्तै व्यक्तिगत हातहतियारको प्रयोगबारे नयाँ मापदण्ड निर्धारण गर्न थप अधिकार दिइएको छ ।

तपाईको प्रतिक्रिया