विराटनगर ÷ २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको छ ।

शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी (सुनसरी), प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ) सल्लाहकारमा मनोनित गरेको महासचिव मीनकुमार नवोदितले जानकारी दिए ।

त्यस्तै प्रदेश कार्यसमितिमा झापाकी गीता निरौलालाई मनोनित गरिएको छ ।

त्यस्तै सो बैठकले अध्यक्ष गोकुल अधिकारी, उपाध्यक्ष लता खरेल, महासचिव मीनकुमार नवोदित, सचिव वासुदेव पोखरेल र कोषाध्यक्ष लक्ष्मी रायमाझी रहने गरी ५ सदस्यीय सचिवालय समितिसमेत गरेको छ । बैठकले प्रदेशका बाँकी रहेका जिल्लाहरुमा संघका गतिविधि चलायमान बनाउन समिति विस्तार गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको विकासका लागि तीनै तहको सरकारलाई ध्यान दिन आग्रह गर्नेलगायतका निर्णय पनि गरेको महासचिव नवोदितले जानकारी गराए ।

तपाईको प्रतिक्रिया