काठमाण्डौ । स्थायी घर रामेछाप भएर काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलो बनाइरहेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र “म त सानु रामेछापको” बोलको गीत सार्वजनिक गरेका छन् । उनले केहि बर्ष अगाडी पनि आफ्नो जन्मथलो समर्पणमा घर त मेरो रामेछाप जिल्ला, बोलको गीत बजारमा ल्याएका थिए । यस लगत्तै गायक तथा सर्जक रामकुमार कार्कीले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

यी यस्ता गीत संगीत बजारमा ल्याएर स्थानीय आन्तरिक पर्यटन प्रबर्धनको काम गरिरहँदा पनि सम्बन्धित निकायको नजर नपर्दा उनि खल्लो महसुस गर्छन् । र पनि रामकुमार निरन्तर यस क्षेत्रमा अगाडी बढिरहेका छन् । घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, काला पानि, जे गरेनी चल्यो, म त लाहुरे, मायालुको वस्ती लगायत उनको सफल गीत हुन् ।

उनै रामकुमार कार्कीको पछिल्लो गीत “म त सानु रामेछापको” मा रामकुमार कार्की र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । उनैको लय तथा शब्दले सजिएको यस गीतको म्युजिक भिडियोमा सौरभ जङ्ग कार्की, रुपेश दानी क्षेत्री, प्रकाश जङ्ग बस्नेत, प्रेसनी बस्नेत र कृतिका बस्नेतको आकर्षक अभिनय देख्न सकिन्छ ।

अभिनय गर्ने कलाकारहरु मध्य सौरभ जङ्ग रामकुमारका पुत्र हुन् । उनले आफ्ना पुत्रलाई नेपाली गीत संगीतको म्युजिक भिडियोमा स्थापित गराउने प्रयासमा यस भन्दा पहिले पनि केहि गीतको म्यूजिक भिडियोमा अभिनय गराइसकेका छन् । गीतलाई रामकुमार कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया