विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुजनको परित्यागमा बिपिन कार्कीको लोभलाग्दो अभिनय
काठमाडौँ । सुजन थापा क्षेत्री को शब्द र स्वरमा स्माइल दास को संगीत र बिशम आचार्य को एरेन्ज मा परित्याग बोलको गीत सार्बजन...
खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला
विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएक...
कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले लिए श्रम स्वीकृति
विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन्...
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः उर्जामन्त्री
काठमाडौं, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना ...
११ डिआइजीको सरुवा, को कहाँ?
काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रध...
नयाँ बजेट आजैदेखि कार्यान्वयनमा
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैदेखि नयाँ बजेटमा गरिएका व्यवस्था लागु गरिने बताउनुभएको छ । उहाँले आजैदे...