विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नबिन योगीको शब्द संगीतमा रमण बुढा मगर र मनु थापा मगरको स्वर “मायाँको दियो” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ । नेपाली गीत संगीतको क्षेत्रमा व्यवसायिकता नहुँदा पनि कलाकारहरुले आफ्नो छाक काटेर यस क्षेत्रको सम्बृद्धिका लाग...
‘परालको आगो’को दोस्रो गीत सार्वजनिक : प्रकाश–सुहानाको ग्रामीण प्रेमकथा
आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिए...
३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आउने (सुचना सहित)
विराटनगर / नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत कोशी प्रादेशिक कार्यालय, विराटनगर वितरण क...
रामनवमीले सामाजिक एकता र नैतिकताको सन्देश दिन्छ: मेयर कोइराला
विराटनगर / श्री रामनवमी पर्वको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर...
कलाकार दिपेन्द्र सोनाम बने अनागरिक, भेटिए सडकमा यस्तो अवस्थामा (भिडियो सहित)
काठमाण्डौ । नेपाली कला जगतबाट समाजमा भए गरेका घटना र परिघटनालाई उजागर गर्दै “अनागरिक” नामाकरणको साथमा एक सिर...
रंगमञ्चबाट फिल्मतिर डेभिड बिष्टको फड्को, ‘जुबा’मा महत्वपूर्ण भूमिकामा देखिने
लामो समय देखी आफ्नो रङ्गमञ्चीय कर्मथलो बनाउँदै आएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा थप मजबुत उपस्थिती जनाउन...










