भारतले उत्तर पश्चिम क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरेको छ । हिजोसम्म २५ वटा विमानस्थल बन्द गरेको भारतले आज सात वटा थपेको छ ।

भारत–पाकिस्तानबीच युध्द शुरु भएपछि पाकिस्तानले आफ्नो आकाश पूर्ण रुपमा बन्द गरेको छ । विशेषगरी जम्मु–काश्मिर क्षेत्रमा भएको परस्पर आक्रमणपछि भारत र पाकिस्तानले विभिन्न दाबी गरेका छन् । भारतले आक्रमणलाई ‘अपरेशन सिन्दुर’ र पाकिस्तानले ‘बुनयान–उल–मर्सुस’ नाम दिएका छन् ।

यता भारत सरकारले विभिन्न सामाजिक सञ्जालमा कडाइका साथै चर्चित अनलाइन न्युज पोर्टल ‘द वायर’ लाई बन्द गरेको छ । ‘द वायर’ ले आफ्नो साइटलाई अवरुध्द पारेको बताएको छ । सरकारले सूचना प्रविधि कानुन २००० अनुसार उक्त न्युज पोर्टल बन्द गरेको जनाएको छ । ‘द वायर’ वरिष्ठ भारतीय पत्रकारहरु सिध्दार्थ वर्दराजन,सिध्दार्थ भाटिया र एमके वेणुले स्थापना गरेका हुन् ।

 

  • साभार  -जन आस्था

तपाईको प्रतिक्रिया