विराटनगर, २८ बैसाख
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन ।
विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन ।
अअध्यक्ष थापालाई आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण गराए ।
विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई ,उपकुलपति डा सुवासश्री पोखरेल , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , रजिष्टार डा दिलनाथ फुँयाल र डिन प्राडा प्रचण्डमान प्रधान लगातको उपस्थिती थियो । ्मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङग,कानुन , औषधी विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुदैआएको छ ।
विश्वविद्यालयको आफनै सेवा आयोग , परिक्षा कार्यालय ,अनुसन्धान केन्द , लाईब्रेरी , विभिन्न ल्यावहरु सहित तीन वटा स्कुलहरु सञ्चालनमा रहेका छन ।

तपाईको प्रतिक्रिया