काठमाडौँ, बैशाख २८ – नेपाली संगीतप्रेमीहरूको लागि नयाँ सिर्जना ‘यादमा तिम्रै’ सार्वजनिक भएको छ। समर्पण, सम्झना र विछोडका भावनालाई समेटिएको यो गीतले श्रोता–दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गीतमा बिनोद महतारा, पूर्णकला विसी , सपना सुनम, र सुमन विश्वकर्माको स्वर रहेको ‘यादमा तिम्रै’ गीत सार्वजनिक गरिएको हो । सुमधुर आवाज र प्रेमिल भावनाले सजिएको गीतका शब्द र संगीत दुवै अर्जुन गुरुङले सिर्जना गरेका हुन्।
गीतको एरेन्ज तिलक ओली गरेका छन । भिडियोलाई जेनेक्स मिडियाले छायांकन तथा सम्पादन गरेको हो। भिडियोमा प्रस्तुत कलाकारहरूमा गायक बिनोद महतारा स्वयं, पूर्णकला विसी, सुमन विश्वकर्मा, र सपना सुनम रहेका छन्।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।