– काठमाडौं, २ जेठ

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले उनलाई आज बिहान पक्राउ गरेको पुष्टि गरेको छ। ब्यूरोका अनुसार केसीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। हाल उनीमाथि प्रारम्भिक अनुसन्धान अघि बढाइएको र विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।

केसी राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष हुन्। पछिल्ला दिनमा सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका केसीले सार्वजनिक व्यक्तित्व र संवेदनशील विषयमा धारणा राख्दै आएका थिए।

साइबर ब्यूरोले भ्रामक, आपत्तिजनक वा जनमानसमा भ्रम फैलाउने खालका गतिविधिहरूको निगरानीलाई तीव्र बनाउँदै आएको छ। यसै क्रममा केसीविरुद्ध कारबाही थालिएको हो।

यस विषयमा राप्रपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

तपाईको प्रतिक्रिया