काठमाण्डौं । , १४ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो ।

भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढीरहेपनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र उर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्तसमेत गरे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो । एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाई थियो । उहाँले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।

एमसीसी अन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाईन र सम्बद्ध सवस्टेशनहरु निर्माण हुनेछ ।

भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधी तथामन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया