काठमाडौं- रंग पत्रकार भोला अधिकारीले बेला-बेलामा आफ्ना शब्द रचनामा पूर्वेली गीत श्रोतामाझ ल्याउने गरेका छन् । लामो समयको अन्तरालमा उनको शब्द रचनामा ‘गैदिउँ भागेर’ बोलको पूर्वेली गीत सार्वजनिक भएको छ ।

गायक अर्जुन घिमिरे र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत ‘गैदिउँ भागेर’ हालै सार्वजनिक भएको छ । गीतमा लय बरिन अधिकारीले गरेका छन् । पूर्वको ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोसीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएका छन् ।

माया प्रेमका भावमा प्रकृति र ठाउँ विशेषलाई गीतको शब्दमा उनिएको छ । पूर्वेली गीतहरू प्राय गाउँ ठाउँको परिवेशलाई आधार मानेर नै गीत गाउने गरिन्छ । सोही अनुसार नै गीतकार अधिकारीले आफ्ना भाव पोखेका छन् ।

गीतको भिडियोमा गायक घिमिरे आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन् । घिमिरे भन्छन्,‘गीतसंगीतमा गाएर मात्रै पछिल्लो समय नहुने रहेछ । भिडियोमा आफ्नो अनुहार देखाउनु पर्ने समय आयो । १५ वर्षअघिसम्म स्वरबाट नै चिन्ने गरेका श्रोताले अहिले भिडियोमा हेर्न खोज्न थाले । त्यसैले मैले पनि भिडियोमा अभिनय गरेको हो ।’

केरी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । यसअघि भोलाले सिर्जना गरेको गीत ‘पुर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भएका छन् ।

त्यसै गरी गायक घिमिरेको छेउमै पर्‍यो घर, म त ड्राइभर दाई, ठान्यौँ सानी कच्चा, जिम्मलका छोरी, मासु पाडाकोलगायत आफ्ना र अरुमा गीतमा गरी २ सय हाराहारीमा स्वर भरिसकेका छन् । यता गायिका बिन्दु परियार पछिल्लो समयकी चर्चित गायिका हुन् । ‘गैदिउ भागेर’ गीतको भिडियोलाई गायक अर्जुन घिमिरे नामक यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

तपाईको प्रतिक्रिया