काठमाण्डौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहँदा गीत संगीतको बजारमा यस पर्वलाई लक्षित गर्दै थुप्रै कलाकारहरुले आफ्ना प्रस्तुतिहरु बजारमा ल्याइरहेका छन् । यस भित्र केहि गीतले संस्कृतिलाई गिज्याई रहेको छ भने केहि गीतले मौलिकताको रक्षा गरेको हामि पाउँदछौं ।

मौलिक रहेपो हामि नेपाली हुनुको अर्थ रहन्छ भन्य मान्यता राख्दै यसै नेपाली गीत संगीतको भिडमा बिगत निकै लामो समयदेखि क्रियासिल शर्मिला तामाङ्गले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज तीज “रातो सारी” भर्खरै सार्वजनिक गरेकी छिन् । उनको प्रस्तुतिमा यस भन्दा पहिले पानि थुप्रै गीत बजारमा आएता पनि तीज गीत भने पहिलो हो ।

बिष्णु तामाङ्गद्वारा संगीत संयोजन भएको गीतलाई लय मोहन खड्काले तयार भरेका हुन् भने शब्द बालकुमार श्रेष्ठले तयार परेका हुन् । निकै मिठासपूर्ण ढङ्गबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा संचिता बोलाखे, अनुष्का राई र शर्मिला तामाङ्गको अभिनय देख्न सकिन्छ ।

शर्मिला तामाङ्ग युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छयांकन प्रकाश खड्का, कलर मिलन बिस्वकर्मा र सम्पादन लक्ष्मन चौहान गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।            #समाचार कपि गरिएमा श्रोता खुलाउनु होला ।

तपाईको प्रतिक्रिया