काठमाण्डौ । नुवाकोट जिल्ला बेलाकोट डाडा खर्कमा जन्मिएकी अनिशा घ्लान तामाङले आफ्नो प्रस्तुतिमा लोक दोहोरी गीत “मायाको सिमाना” भर्खरै बजारमा ल्याएकी छिन् । उनले यो गीत अपरिचित मान्छेलाई सामाजिक संजालको कारण नजिक ल्याएको कथामा तयार पारेकी हुन् ।
बिष्णु तामाङ्गको संगीत संयोजनमा तयार भएको यस गीतलाई सन्तोष घतानिले लय भरेका हुन् भने शब्द महेश नेपालको रहेको छ । राम स्याङ्गतान युट्युब च्यानल मार्फत बजारमा पठाईएको गीतमा रिता लामा र मदन (मन) वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ ।
निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज र सरस्वति तामाङ्गको आकर्षाक म्युजिक भिडियो अभिनय देख्न सकिन्छ । भिडियोलाई अमोन रानाले निर्देशन गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।