आगामी नेपाली फिल्म ‘कुमारी’ ले नयाँ स्टार जोडी अबिषेक खड्का र आकृति राजभन्डारीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै दर्शकमाझ प्रवेश गराउन लागेको छ। दुवै कलाकारका लागि यो फिल्म नै मुख्य भूमिकाको डेब्यु बनेको छ।

‘आइ एम सरी’बाट निर्देशन यात्रा थालेका तथा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका निर्देशक दिनेश राउत पछिल्लो समय सामाजिक विषयमा केन्द्रित फिल्म बनाइरहेका थिए। तर दर्शकको चाहना र सुझावलाई मध्यनजर गर्दै उनी फेरि आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताउँछन्। उनका अनुसार चलचित्र ‘कुमारी’ को प्रोजेक्ट धेरै पहिले सुरु भए पनि विभिन्न कारणले ढिलाइ हुँदै अब आएर मात्र तयार भएको हो।

फिल्ममा चार वटा गीत समावेश छन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन्। सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको योगदान छ भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको ‘कुमारी’का निर्माता महेन्द्र अधिकारी हुन भने  स्क्रिप्ट  विकास सुवेदीले तयार पारेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन् त्यस्तै  कार्यकारी निर्माता केदार भुसाल रहेका छन्।

फिल्मको डिजिटल वितरण मोशन पिक्चर्सले सम्हालिरहेको छ। काठमाडौं उपत्यकामा डीसीएन, र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्नेछन् भने फिल्ममा आशिका शर्मा (प्रोडक्सन डिजाइन), अञ्जली रिजाल (कस्ट्युम डिजाइन), दिनेश बहादुर रावत (मुख्य सहायक निर्देशक), सुप्रिम पराजुली (सम्पादन र रङ्ग संयोजन), उत्तम न्यौपाने (साउन्ड डिजाइन), किरण थापा र शिशिर खाती (कोरियोग्राफी)को महत्वपूर्ण भूमिका रहेको छ भने पब्लिसिटी डिजाइन रोयल भीमसेन – ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

तपाईको प्रतिक्रिया