महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘शिवांश’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरले चलचित्रको धार्मिक, रहस्यमय र शक्तिशाली भावलाई उजागर गरेको छ।


सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई प्रमुख स्थान दिइएको छ भने पृष्ठभूमिमा भगवान् शिवसँग जोडिएको प्रतीकात्मक दृश्य समावेश गरिएको छ। पोस्टरले फिल्मको कथावस्तु शिवभक्ति, आस्था र आध्यात्मिक शक्तिसँग जोडिएको संकेत गर्छ।

‘शिवांश’लाई फरक स्वादको धार्मिक–पौराणिक कथामा आधारित चलचित्रका रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वरमा रहेको ‘शिव ताण्डव’ गीत पनि समावेश गरिएको छ, जसले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको छ। महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने ‘शिवांश’लाई लिएर दर्शकमाझ राम्रो चासो देखिएको छ भने  निर्माण पक्षले पोस्टर सार्वजनिकसँगै प्रचारप्रसारलाई थप तीव्र रूपमा अगाडि बढाइरहेका छन।

तपाईको प्रतिक्रिया