माघ २३, काठमाडौं । गायक युवराज चौलागाईको स्वरको नयाँ गीत ‘मनको सुन्दर फुलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणको शब्द तथा लक्ष्मण श्रेष्ठको संगीतको सो गीत आधुनिक शैलीको छ ।

विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । गितको एरेन्ज सचिन सिंहले गरेका हुन । म्युजिक भिडियोमा अनु शाह , प्रविन ठकुरी र दिपक श्रेष्ठले अभिनय गरेका छन् । मायाको फुलबारी भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।

हेर्नुहोस म्युजिक भिडियोः

तपाईको प्रतिक्रिया