काठमान्डौ, फागुन ८
राष्ट्रिय प्रजातन्त्र दिवसको दिन पारेर १२५ जना गजालकारहरुको सयुक्त गजल संग्रह शैलहार हिजो प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका विच विमोचन गरियो । उक्त संग्रहमा १२५ वटै गजलहरु छन्दमा लेखिएको भन्दै गजलकार पोष्टराज चापागाईंले भन्नुभयो, ‘यो छन्द लेखनको क्षेत्रमा एक नविन पाइला हो । गजलकारहरुको यस्तो सयुक्त प्रयासले आगामि दिनमा गजलको क्षेत्र अझ बृहद हुँदै जानेछ ।’

उक्त कार्यक्रमको आतिथ्य पोष्टराज चापागाई, प्रतीक ढकाल, दुर्गा पौडेल, रामबहाुदर पहाडी, रमेश पौडेल, मानन्धर अभागि, महादेव अधिकारी, जीवन कश्यप, जीत कार्की, सुनील अधिकारी, मञ्जु श्री प्रधानका व्यक्तित्वले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकमा समावेश गजलहरु स्वयं गजलकारले वाचन गर्नु भएको थियो । साथै मायाघर नामक वालगृहका वालवालिकाले नाच प्रस्तुत गरेका थिए ।

गजल संग्रहको सम्पादन नारायण काइँलो, कृष्ण भुसाल प्यासी, रेशम अधिकारीले गर्नुभएको थियो । सम्पादक नारायण काइलोले, नयाँ पुस्ताका गजल लेखकहरुबाट पनि यति सशक्त रचना गर्नुभएको रहेछ जसको कारण मैले खासै मिहेनत नै गुर्न परेन भन्दै गजलकारको प्रसंसा गर्नुभएको थियो ।

शैलहार गजलसंग्रह गौरि पब्लिक रिलेसन एण्ड पब्लिकेशनले प्रकाशित गरेका हो । कार्यक्रममा पुस्तक विक्रिवाट जम्मा भएको रकम रु बिस हजारबाट रु दशहजार मायाघर नामक वालगृहलाई हस्ततान्तरण गर्दै भन्नुभयो ‘आज सामाजिक उत्तरदायित्व पुरागर्ने अवसर प्राप्त भयो’ कार्यक्रम सञ्चालन प्रदिप रोदनले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया