काठमाडौं । लोक गित संगीतको क्षेत्रमा क्रियाशील‘ निकै ब्यस्त निर्देशकको कोटीमा पर्न सफल निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेको लोकदोहोरी गित स्वर्गलोक नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल भएको छ । ‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले आयोजना गरिएको अवार्डमा उहाँद्धारा निर्देशित गित स्वर्गलोक छनोटमा पर्न सफल भएका हो ।
आफुले निर्देशन गरेको भिडियोलाई आम दर्शक तथा श्रोताले गरेको सम्मान स्वरुप आफनो गित नेपाल म्यूजिक अवार्ड २०७५’ को मनोनयनमा पर्दा आफुलाइ निकै खुशि लागेका उनले बताएका छन । उनले आफनो गितमा क्रिायाशिल सम्पुर्ण टिमलाई धन्यवाद दिएका छन । दर्शककै माया, प्रेरण ,साथ र सहयोगले गित मनोनयनमा पर्न सफल भएको उनले बताएका छ । अवार्डमा आफुलाइ जिताउनका लागि सो्रता दर्शकको माया र साथ अनि सपोर्ट चाहिने भएकाले उनले आफुलाई भोट गर्नको लागी type NMA space 30D send to 34343आग्रह समेत गरेका छन ।

पछिल्लो समय काजिस श्रेष्ठद्धारा निर्देशित तथा अभिनय गरेका विभिन्न गितहरु निरन्तर रुपमा एकपछि अर्काे हिट हुदै जान थालेका छन नेपाल म्युजिक अवार्ड को भोटिङ कोड पनि सार्वजनिक भइसकेको छ । गीत सङ्गीत प्रेमिहरुले भोट गरेर सहयोग गरिदि आग्रह गर्दै भोट गर्ने तरिका पठाउन पर्ने छ ।नयाँ कलाकार क्षमता भएर पनि ओझेल पर्ने र केही गरी अवार्ड पाइहाले पनि अवार्डमा सहभागि पुराना कलाकार खिन्न हुने यथार्थलाई मध्यनजर गर्दै आयोजकले नयाँ र पुराना कलाकारका लागि अवार्ड वर्गीकरण गरेको छ ।

कम्तिमा पाँच वर्ष सांगीतिक क्षेत्रमा काम गरेकालाई उत्कृष्ट र पाँच वर्षभन्दा कम समयदेखि यस क्षेत्रमा क्रियाशील संगीतकर्मीलाई ‘सर्वाेत्कृष्ट नवप्रतिभा अवार्ड’ प्रदान गर्ने व्यवस्था गरिएको सह–संयोजक प्रदीप अधिकारीले बताएका छन । कार्यक्रम २०७५ बैशाख १५ गते काठमाडौँको होटल अन्नपूर्णमा भब्य रुपमा गरिने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया