राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट समाजमा निकै बिकृति फैलियो भन्ने जनगुनासो हरु प्रसस्तै आइरहेका छन् । यस माथि पनि कुनै मदिरा पानलाई लक्षित गर्दै आएका गीत संगीतले अझै यी यस्ता पदिरा पान सेवन गर्दा शरिरलाई आनन्द र सबै दुख पिंडा भुल्ने संदेश प्रबाह गर्ने किसिमका गीत संगीत पनि लोक तथा दोहोरी गीत संगीतको नाममा बजारमा आइरहेका छन् ।

सोहि क्रममा यति बेला बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो कला पोख्दै आएका अशिम कुमार कटुवालले पनि सानै देखि पिउने बानि भएर नशामा जिउने भन्दै भयो भन्दै समाजलाई अझै यस्ता मदिरा पान गर्दा जिबन स्वर्गीय हुन्छ भन्ने जस्तो संदेश लिएर आएका छन् । तर यो अशिम कुमार कटुवाल र गोमा कटुवालको प्रस्तुतिमा रहेको “पिउने बानि भो” बोलको गीतको रोमान्चक कथा मात्र हो । यसमा गायिका गोमाले गायक अशिमलाई तिम्रो पिउने बानीले धनको नाश र जिबनको बन बास हुन्छ भन्दै कुलतमा लागेका अशिमलाई सहि बाटोमा लाग्नका लागि सुझाब दिई रहेकी छिन् ।

यो कारणले पनि हामी बुझ्न सक्छौं कि कुनै पनि यस्ता गीतहरु तयार हुँदा समाजमा सकारात्मक संदेश पनि फैलाउन सक्दछौं । अशिम र गोमा को स्वरले सजिएको यस गीतलाई लय देवेन्द्र लामिछाने र शब्द गायक अशिम स्वयमले तयार पारेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा लेखान्त भुसाल, गोमा, जिबन, रियल कुमार, सुस्पेन भगवती, धिरज र बबिताको अभिनय रहेको छ । समिर थोकर द्वारा निर्देशित भिडियोलाई छायांकन बासु बराल र सम्पादन प्रकाश बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया