राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यानमा राखेर धेरै लोक तथा दोहोरी गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा डी.के म्युजिक प्रालिले शिशिर लामाको एक गीतलाई पनि बजारमा सर्बत्र उपलब्ध गराएको छ । यो गीत सुन्दा एक ताका थियो’ यस्ता गीतहरुले नेपाली लोक तथा दोहोरी गीत संगीतको उचाइमा वृद्धि गरेको, हो त्यस्तै स्वाद भएको यस गीतले पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई पुनः उक्त स्थानमा पुर्र्याउन सहयोग गर्ने बिस्वास लिन सकिन्छ ।

शिशिर लामा र गीता रोकाको सुमधुर स्वर लहरीले सुसजित यस गीतको म्युजिक भिडियोलाई सम्रन् तामांग र जुना मगरको आकर्षक अभिनय सहितको नृत्यले पनि अझै थप उत्कृष्ट प्रदान गरेको छ । शिशिर लामाको लय र देवेन्द्र लामिछानेको शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन बसन्त रेग्मी र धिरज खत्रीले गरेका हुन् भने छायांकन केशबराज रसाइली त्यसैगरी सम्पादन हुम गैरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया