काठमाडौं । नेपाली गीत संगीतका नवउदायमन गायक लक्ष्मण श्रेष्ठ र गायिका कल्पना खत्रीको लोक दोहोरी गीत आखा ‘झिमझिम’ बजारमा आएको छ ।

गोरखा जिल्लाको घ्याल्चोकमा जन्मिएर अध्ययन गर्न राजधानी छिरेका लक्ष्मण लामो समयदेखि यहि संगीतमा क्रियाशिल छ्न ।

शब्द तथा गायनमा अब्बल मानिने श्रेष्ठले कल्पना खत्रीको यस गीतमा आवाज भरेका छ्न भने श्रेष्ठलाई कल्पना खत्रीले साथ दिएकी छिन । सफलत म्यूजिक प्रालिको प्रस्तुती रहेको आँखा झिम झिममा
आँखा झिमझिम पारेर हेर्दा मायाले टाढा बसि जिस्कदा त मन थाम्न गार्हो भयो कस्तो होला पिरतिले बेर्दा मायाले जस्ता शब्द लेखन गायक लक्ष्मण श्रेष्ठले गरेका छन् ।

आर के नेपालले संगीत भरेको यस गीतको म्यूजिक भिडियोको निर्देशन खमेश श्रेष्ठ गरेका छ्न् । पछिल्लो समयकि ब्यस्त मोडल करिष्मा ढकाल र आर के नेपालको उत्कृष्ट अभिनय भएको दोहोरी गीतलाई म्यूजिक नेपालले बजार ब्यबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया