रोशन पोखरेल , विराटनगर , चैत ३०
नेपाली गायन क्षेत्रमा अब्बल दर्जाकी गायिकाको रुपमा रहेकी चर्चित गायिका दुर्गा खरेलको नयाँ गीतको म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ । अमृत रेग्मीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा गायिका दुर्गा खरेललाई फिरोज बस्नेतले स्वरमा साथ दिएका छन् । आधुनिक सुगम संगीत क्षेत्रमा राम्रो स्वर भएकी गायिकाको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका काकी र मोडल पवन शर्मा अभिनय गरेका छन । चर्चित सम्पादक निसान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन सुरेन्द्र बसेलले गरेका छन ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया