रोशन पोखरेल , काठमान्डौँ , बैशाख १०
नेपाली लोकदोहोरी गीत संगीतमा विगत ३ वर्ष देखी विभिन्न माध्यमबाट आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल मोडल सागर थापा अभिनित भिडियो अहिले बजारमा चर्चाको शिखरमा पुगेको छ । नेपाली मौलिक दोहोरी तथा विभिन्न गीतहरुमा उनको अभिनय देख्न सकिन्छ । नेपाली कलालाई सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरु लाई आम दर्शक माझँमा बुझाउदै आएको देवी म्युजिक सोलुसनको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक सोनु संगमको आवाजमा सजिएको गीत “तिम्रै भइन म ” बजारमा आएको छ ।
जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गरिएको छ । कतिपय अवस्थामा मायाको आभाष नगरिकन छुटनुपर्दाको वियोगान्त अवस्थालाई भोग्न विवस छन मायालु जोडीहरु त्यही अनुभुतिलाई शब्दमा कोरिएको छ । सुरज लामिछानेको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “तिम्रै भइन म ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र सागर थापाको अभिनय देख्न सकिन्छ । “तिम्रै भइन म ” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया