काठमाडौ । नेपाली साँगितिक क्षेत्रमा नयाा प्रतिभाहरु आउने क्रम जारी छ । यसरी नै नयाँ गायन क्षेत्रमा थपिदै छिन लिजा लामा । सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । संगीतको प्रशिक्षण लिएकी गायिका लामाले पछिल्लो पटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ…….’ बोलको गीत रेकर्ड गराएकी हुन । नेपाली गीत, संगीतको क्षेत्रमा लागेर आफ्नो भविष्य सुनिश्चित बनाउने प्रयासमा छिन् गायिका लिजा लामा ।

बिबि थापाको शब्द, मनोज चौलागाईंको संगीत रहेको उक्त गीतको निकट भविष्यमै म्युजिक भिडियो मिर्माण गरिने गायिका लामाले बताईन । पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफु तयार रहेको बताउने गायिका लामा चलचित्रको पाश्र्व गायनमा जम्ने सम्भावना बोकेकी आशा लाग्दी गायिका हुन् । गीत, संगीतको क्षेत्रमा नै निरन्तर संगर्षरत रहने बताउछिन् उनि । गायन त छदै छ नृत्यमा पनि उतिकेै पोक्त रहेकी छन् ।

तपाईको प्रतिक्रिया