राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अब कुनै गीतहरु प्रकासनमा ल्याइन्छ भने निकै बिचार पुर्याएर ल्याउनु पर्ने भएको छ । किन कि पछिल्लो समयमा गीत संगीत सुन्ने श्रोता र हेर्ने दर्शकहरुको पनि निकै चलाखिले गर्दा आफ्नो संझनाको लागि मात्र कुनै सिर्जना पस्किन्छु भन्ने हरुका लागि उक्त सिर्जनाको संयोजन मजबुद नभएको खण्डमा सिरानी मुनि राखे सोसराह हुने छ ।

यसैलाई मध्यनजर राखेर सबै पक्षलाई निकै ख्याल गर्दै उच्स्तरिय स्वादमा तयार पारिएको बिमल थापाको “गरिब” बोलको गीतलाई मेशना डिजीटल प्रालिले भर्खरै सार्बजनिक गरेको छ । प्रस्तुत गीतमा देबी घर्ति र बिक्रम क्षेत्रीको सुमधुर स्वर रहेको छ ।महेन्द्र भण्डारीको लय र बिक्रम थापाको शब्द बाट तयार भएको गीतको भिडियोमा सारिका के.सी र गोपाल भट्टराई को अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया