काठमाडौं । मोडल चन्दा दाहाल विभिन्न स्क्याण्डलको कारण चर्चामा आई रहन्छिन् । उनको आफ्नै कारणले विभिन्न समयमा आफैंलाई तनाव पनि दिई रहेको हुन्छ । यस पाली भने उनलाई चार ईन्च ख्याल ख्यालको तनावले सताएको छ ।
नेपालको पुर्वी भेगमा बस्ने राई तथा लिम्बु जातीको स्वभावको बारेमा प्रख्यात भनाई चार ईन्च ख्याल ख्याल को तनावमा उनी परेकी हुन् । ती नै जनजाती राई तथा लिम्बुको स्वभावमा आधारित गीत चार ईन्च ख्याल ख्यालमा चन्दा दाहालले अभिनय गरेको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार प्रियजन राईले उक्त गीत सार्वजनिक गरेका हुन् ।

नयाँ तथा पुराना श्रष्टाहरुको रोजाईमा पर्न सफल कम्पनी पुर्वेली जुनतारा म्युजिक प्रा.लि.को व्यवस्थापनमा म्युजिक नेपालले सार्वजनिक गरेको गीतमा शब्द, संगीत तथा स्वर समेत प्रियजन राईको रहेको छ भने राजु कार्कीले एरेञ्ज गरेका छन् । भिडियोमा भने चन्दा दाहालको साथमा अक्कल तामाङ, अमन राना र किरण राईको जोडदार नृत्य र अभिनय समेटिएको छ । अमन रानाको कोरियोग्राफीमा गायक तथा संगीतकार राईले नै निर्देशन गरेको भिडियोलाई जनकराज अधिकारीले खिचेका हुन् भने मनिष कार्कीले सम्पादन गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया