नेपाली लोकदोहोरी गायनको क्षेत्रमा नयाँ सिर्जनशिल कलाकारको आगमन हुने क्रम बढ्दो मात्रामा रहेको छ । नेपाली संगीतको लागी निरन्तर साधना गरेर आफु विदेशी भुमि अमेरिकामा रहेपनि नेपाली लोक सस्कृतिलाई आफनै मौलिक भाका र सस्कृतिलाई सम्झने नव गायिका हुन गीता धिताल, बिगत २ बर्ष देखी कलाकारिता गायनमा अभ्यस्त छिन । उनीद्धारा स्वरवद्ध गीतको लोकप्रियता सगैँ अन्य थुप्रै गीतहरु अझै बजारमा आउने तयारीमा रहेका छन् । नेपालको सांगीतिक क्षेत्र दिन प्रति दिन धरासाही बन्दै गैरहेको यो अवस्थामा पनि निरन्तर रुपमा अगाडि बढेकी कलाकार गीता धिताल कलाकारहरुको निरन्तरतालाई हामी आम संचारकर्मीहरुले सलाम प्रकट गर्नै पर्छ , किन कि उनीहरुको खाइ नखाई यस क्षेत्र प्रतिको लगानीले सिंगो सांगीतिक क्षेत्रलाई धनि बनाईरहेको छ । सोहि अनुरुप , हामीले पनि यस्तो देशको गहना जस्तो कलाकारहरुलाई यथास्थितिमा राख्नु पर्छ भन्ने उध्यस्यले उनै गायिका गीता धिताल संगको सहकर्मि साथी रोशन पोखरेल ले अन्तरङ्ग कुराकानी गर्नुभएको छ ।

आजकाल के गदै हुनुहुन्छ <
म हाल अमेरिकामा वसेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल हुदैँ आएको छु । विगत २ बर्ष देखी । साथै अमेरिकामा विभिन्न क्षेत्रमा रहेर स्यमसेवा गदै आएकी छु ।

कलाकारितामा तपाई कसरी प्रवेश गनुभयो नी ?

सानै उमेरदेखी नेपालमा हुदाँ देखी नै मलाई गीत संगित प्रति निकै रुचि रहेको थियो । सानो हुदाँ विभिन्न राजनैतिक कारणबाट भुटानलाई छोडेर नेपालको झापामा शरणार्थी भएर बस्नुपर्यो । झापामा आएपछि नै मैले जिवनमा गीत संगीतमा लाग्नुपर्छ भन्ने सोच लागेर म त्यहाँ शिविरमा हुदाँ आयोजना गरिने विभिन्न प्रतियोगिताहरुमा रुचि राख्न थाले र सहभागी पनि हुदँै गए ।

तपाईको बाल्यकाल कहाँ वित्यो नी ?

नेपालको झापाको टिमाई शरणर्थी क्याम्पमा नै मेरा बाल्यकाल बित्यो , जे होस खुसी साथ बिताए मैले मेरो बाल्यकाल । सानै देखी हरेक सास्कृतिक कार्यक्रममा गित संगितमा गाउने गर्थे ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?

४ जना दाजु दिदि वहिनी छौ हामी ।

गित सङ्गितमा लाग्ने सोच कहिले बन्यो र कहाँ बाट सुभारम्भ भयो रु

म सानै देखि अतिरिक्त क्रियाकलापमा सकृय थिए , गित गजल बक्तित्वकला बादबिबाद हाजिरीजबाफ आदि इत्यादिमा सधै पुरस्कृत भैरहन्थे , गित गित संगीत मै लागौंला भन्ने सोच त थिएन तर नाम हुने सबैले चिन्ने काम गर्छु भन्ने थियो ।

तपाईले रेर्कड गराउनुभएको पहिलो गीत कुन हो ?

मैले आफुले रेर्कड गराएको पहिलो गीत विदेशीले भन्ने गर्छन विश्वको सुन्दर भन्ने गीत हो जसमा मेरो आवाज र गायक विष्णु डुम्रेको रहेको छ ।
मेकअपमा कतिको रुचि छ ?

राम्री हुन कस्लाई मन पर्दैन होला र ? मेरो पनि मेकअपतिर धेरै रुचि छ । म मेकअप पनि ड्रेसअप अनुसारको गर्न रुचाउँछु । म बाहिर कार्यक्रमको लागि निस्कनु पर्दा आधा घन्टा जति मेकअपमानै लाग्ने गरेको छ ।

भनेपछि फेसन प्रति लगाव त पक्कै होला ?
– अहिलेको जेनेरेसनले फेसनमा चासो पनि दिनुपर्छ । तर मलाई सामान्य खालको पहिरन मनपर्छ ।

कस्तो खालकी केटी तपाई ?
– मेरो स्वभाव चन्चले छ । यस्तो स्वभावले गर्दा धेरैले बच्चा जस्तै छस् त समेत भन्ने गरेका छन् । साथै गीत संगित प्रतिको भुकाव धेरै भएको एक सच्चा नारी भन्न रुचाउछु ।

कस्तो केटा मन पर्दैन ?
– झुटो बोल्ने, अरुलाई डोमिनेट गर्ने, खालको केटा पटक्कै मन पर्दैन । साथै अरुलाई बेवास्ता गर्ने प्रबृतिको मान्छे मलाई मन पदैन ।

पहिलो प्रेमपत्र कसले दिएको थियो ?
– एक विदेशी ले दिएका थिए । उहाँ अहिले अमेरिकामा नै हुनुहन्छ । उहाँको प्रेमतिर मैले ध्यान दिइन । अहिले पनि धेरै थरिका प्रेमपत्र आउने गरेका छन् । त्यसरी पत्रमा आएका प्रेम, प्रेम नभएर म प्रतिको आकर्षण मात्र हो भन्ने मेरो बुझाइ छ । र सहि प्रेम को अर्थ भएको खण्डमा प्रेम स्विकार गर्थे होला ?

डेटिङको अफर कतिको आउँछ ?
थुप्रै आउँछन् । जसले अफर गर्याे । त्यहिसँग डेटिङ जाने गरेकी छ्रैन । मनले खाने भेटे भने जान्छु । जुन कुरामा सकारात्मक किसिमको भाव हुनु पर्छ ।

कसैलाई चड्कन हान्नु भएको छ ?
– एक पटक बाटोमा एक्लै हिँडिरहेको थिए । केही केटाहरुले जे पायो त्यही बोल्दै जिस्काए । केही समय त चुप लागेर हिँडे । तर जिस्काउँदै फलो गरेपछि एक केटाको गालामा दुई चड्कन हाने ।

कुन हिरो मनपर्छ र किन ?
भुवन केसी मलाई मनपर्छ । किनभने उहाँको अभिनय, हाउभाउ सबै राम्रो लाग्छ ।

तपाईको प्रतिक्रिया