युके,
बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा जन्मेकी जुनु पुन मगर समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच राख्ने समाजसेवी सक्रिय अभियन्ता हुन्।
अहिले उनी “एकीकृत सृजनशिल समाज नेपाल” को आमा भएर भुकम्प, द्वन्द्वकाल र अन्य घटनाबाट आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ३७ जना अनाथ बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि दिनरात संघर्ष गरिरहेकी छिन ।

केहि दिन अगाडी उनको सामाजिक संजालमा राखिएको स्टाटस र लाइव भिडियो अनुसार उनि फेरी अहिले एउटा क्यान्सर पिडित रोगीको सहयोग र पिडित परिवारको बिचल्ली भय पछी उनले पिडित परिवारका छोरा र छोरीलाइ आफ्नो संस्था भित्रै राखी उनि हरुको पढाई लेखाइ को जिम्मेवारी लिने कदम पनि चालेकी छन् ।
ब्रेनटिमुर बाट क्यान्सर रोगी खोटाङ कात्तीके डाडाको बिरामी रामदास बान्तावा राई अहिले जोरपाटी अत्तरखेलमा आफन्तको आस्राय लिएर बस्दै आएको र छोराछोरी र श्रीमतिको बिचल्ली भए पछी जुनुका सहयोगी हात हरु त्यहा पुगेका हुन्।

बिरामी राई की छोरी रितु राइ जुनु पुन मगर संग भन्छिन : अन्टि ? मेरो बाबाको माया लाग्छ, औसधि किन्ने पैसा छैन मलाई अरु जस्तै स्कुल जान मन लाग्छ होस्टेल बस्न मन लाग्छ, पैसा नै छैन साथीहरूले पानीपुरी खान्छन् मलाईनि खान मन लाग्छ, पैसा नै छैन, अन्टि तपाईं संगै बस्छु स्कुल जान्छु है !!

समाज सेवी जुनु पुन मगर भन्नु हुन्छ यिनहरुको सपनाहरू हामीले पुरा गर्नुछ उज्यालो शिक्षा दिनु छ, मृत्यु संगै जुद्दै रामदास राई बान्तावा काखको ८ बर्षको छोरो इट्टा बोक्छु र बाबालाई औसधि किन्छु भन्दा म धेरै रोएको थिए, दुई महिना भयो औसधि नखाएको यस्तो पिडामा दिनकाट्दै हुनुहुन्छ रामदास राई बान्तावा घर खोटाङ कात्तिकेडाडाको हुनुहुन्छ उहाँको छोराछोरीहरुलाइ एकीकृत शिर्जनसिल समाजमा ल्याइपुर्याएको छौ उहाँ लाई सबैले सहयोग गरौ है

तपाईको प्रतिक्रिया