टिजर र ट्रेलर सार्वजनिक पश्चात फिल्म ‘सुनकेसरी’ युनिटले गीत सार्वजनिक गरेको छ ।

अस्ट्रेलियामा छायाँकन गरिएको हरर फिल्ममा समावेश ‘मायाले छोई’ गीतमा सन्नी ढकाल र लउरेन फिचर्ड छन् । गीतमा स्वर सनुप पौडेलको रहेको छ भने संगीत कालीप्रसाद बास्कोटाले दिएका छन् । गीतमा सन्नी र लउरेन बीच बढ्दो प्रेमलाई चित्रण गरिएको छ । यी दुईले प्रेमभाव प्रकट गरेका छन् ।

नेपालमा हरर जनरमा निकै कम फिल्म बन्ने गर्छ । किन की यस किसिमको फिल्म हेर्ने दर्शकको संख्या निकै कम छ, यहाँ । बनेका फिल्मले पनि अडियन्स फिड ब्याक गतिलो पाउदैनन् किनकी प्राविधिक रुपमा कमजोर देखिएको हुन्छ । तर फिल्म ‘सुनकेसरी’ प्राविधिक रुपमा पनि अब्बल रहेको यसको निर्माण टिमको भनाइ छ ।

फिल्ममा सन्नी र लउरेनसँगै ऋचा शर्मा , रविन्द्र झा को अभिनय रहेको छ । फिल्मलाई भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ११ मा रिलिज हुने फिल्मलाई अर्पण थापाले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ ।

भिडियो-

तपाईको प्रतिक्रिया