काठमाडौं, वैशाख २९ – दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ ।

शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरिएको छ । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष संदीप सापकोटा, वितरक गोपालकाजी कायस्थ, नरेन्द्र महर्जनलगायतले सिनेमालाई सफलताको शुभकामना दिएका थिए ।

यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, वसन्त भट्ट, पुष्प खड्का र साथमा प्रियंका कार्कीको अभियन रहेको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण कसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल र सानथापा(टौवाक्रियशन)को पब्लिसिटी डिजाइन, पुरुषोत्तम प्रधानको छायाकंन रहनेछ ।

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्वाद रहने यस सिनेमामा दीपकराज गिरीको कथारहनेछ । यो सिनेमालाई आईएमई, टाटा नेक्सन र हरपल चामलले स्पोन्सर गरेको छ ।

सिनेमामा डिजाइनर रोजिना श्रेष्ठले कस्ट्युम डिजाइनरको रुपमा काम गर्दैछिन् ।

यसअघि आमा सरस्वती मुभिजले ६ एकान ६, वडा नम्बर ६, छक्का पञ्जा र छक्का पञ्जा २ जस्ता सफल सिनेमा निर्माण गरिसकेको छ । सिनेमा ‘छक्का पञ्जा’ नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरे रेकर्ड राख्ने सिनेमा बनेको छ । ‘छक्का पञ्जा ३’फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

तपाईको प्रतिक्रिया