रोशन पोखरेल, विराटनगर , बैशाख २९
नेपाली लोकदोहोरी गायनको क्षेत्रमा छुट्टै पहिचान बनाईसक्नुभएका सष्टा तथा गायक अमित बावु रोकायको लय सिर्जनामा गायक प्रकाश चन्दको लोकदोहोरी गीत “भेट भो फेसवुकमा” बजारमा आएको छ । सुमधुर आवाजका धनी गायक प्रकाश चन्द , छवि परियार र जमुना श्रीपाली को लोक गीत बजारमा आएको हो ।माया प्रेममा परेका प्रेमी प्रेमिकाको भोगाइलाई गीतमा सर्वोकृष्ट तरिकाले प्रस्तुत गरिएको छ । मायालु जोडीको प्रेमका रोमान्चक भावहरुलाई गीतमा समेटिएको छ । गीतलाई प्रकाश चन्दले लेखेका हुन भने चर्चित गायक तथा सर्जक अमित बावु रोकायाको लय सिर्जना रहेको छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने रमित ओलीले सम्पादन गरेका हुन । भेट भो फेसवुकलाई मान सिंह खड्काले निर्देशन गरेका हुन भने रिना र युवराजको बेजोड अभिनय रहेको छ ।

हेर्नुहोस भिडीयो ।

तपाईको प्रतिक्रिया