राजु बोहरा–काठमाडौँ । गर्मीयामको मौसम छ, यो समयमा निकै टाढाको यात्रा गर्नु छ । त्यसमाथि पनि पैदलको हो भने असाध्य कष्टकर हुने गर्दछ । यसै परिस्थिति लाई मध्यनजर गर्दै एक गीत भर्खरै बजारमा आएको छ । बिक्रम आचार्यको प्रस्तुतिमा रहेको “अम्खोराको पानि” बोलको यस गीतको भाव अनुसार मोडल टिका भुजेल एक दिन निकै टाढाको यात्रामा हुन्छन् ।

गर्मि मौसमको समय भएको हुनाले खलखली पसिनाको कारण कतै सितलाताको छहारी उनले खोजिरहेको बेलामा एक युवतीको घरमा पानि पिउन पुग्छन् ।ति युवती बाट एक अम्खोरा पानि ल्याएर दिंदा अम्खोरामा लिपिस्टिकको डाम देखेर जुठो खाँदा माया बस्ने हो कि भन्ने शंकामा तयार भएको यस गीतको म्युजिक भिडियोमा मोडल टिकाको साथमा कृति अधिकारी र पदम न्यौपानेको पनि अत्यन्त आकर्षक अभिनय देख्न सकिन्छ ।

बिक्रम आचार्य र गीता देबीको सुमधुर स्वर लहरिले सजिएको यस गीतलाई नेपाली साहित्य प्रति झुकाप राख्दै गित संगीतमा कलम चलाउँदै आएकी शर्मिला पुरीको लोभ लाग्दो लय रहेको छ भने शब्द महेश नेपालको रहेको छ । पश्चिम डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन गणेश पाल्पालीले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया