रोशन पोखरेल ,काठमान्डौँ , जेष्ठ ११
लोक तथा दोहोरी गायिका अनिसा तामाङ र गायक दिपु गुल्मेलीको आवाजमा रहेको लोकन्मुख लोकभाका “पागल प्रेमी ”को भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।
अनिसा तामाङ र मधु पाल्पालीको शब्द तथा दिपु गुल्मेलीको मौलिक लय सिर्जनामा मायामा विछोडिएका जोडीको मनको भावनालाई समेटिएको छ । आफनी प्रेमीकाको अभावमा आफु जिवनमा पागल बन्ने कुरा गायकले गरेका छन । मनमा आफना मायालुको याद पल पल आइरहने कुरा गीतमा भनिएको छ ।
सलिना म्युजिक प्रालिको प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायाड्ढन राजेश घिमिरे तथा सम्पादन सुजन शाहीले गरेका छन् । गीतको भिडियोमा मायालु जोडिको भुमिकामा विमल अधिकारी र सारिका के सी को अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया