राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बेग रानाले फेरी अर्को मौलिक झ्याउरे गीत “अलि वरै बस सानी” बोलको गीत भर्खरै बजारमा लिएर आएका छन् । धादिङ सल्यानटारमा जन्मिएर हाल जापानको फुकुओकामा बसोबास गरिरहेका रानाले यस भन्दा पहिला बुढी राम्रो अर्काको, उनको बानि, मुलाको सिन्की, मन रुन्न र, माफ गरिदेउ, सकिन जुन छुन, पैसा यो बैंस लागएतका धेरै गीतहरु नेपाली गीत संगीत प्रेमी श्रोता एवं दर्शकहरुको माझ लोकप्रिय बनिसकेको छ ।

बिशेष गरी हामि सम्पूर्ण कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र आधारित गीत संगीतहरु प्रस्तुत गर्नु पर्दछ भन्ने सोच राख्ने उनको पछिल्लो पटक बजारमा आएको मौलिक झ्याउरे गीत “अलि वरै बस सानी” मा बेग राजा र मन्जु लावाति थापाको सुमधुर स्वर सुन्न सकिन्छ । बेग कै लय तथा शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ ।

भिडियोमा चुडामणि थापा, दल बहादुर थापासिर्जना थापा र सिर्जना आलेको रहेको छ । भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन फल बहादुर थापाले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया