काठमान्डाँै, जेष्ठ १६
नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ ।
विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको कुरा उल्लेख गरेका छन ।गीतमा नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अरुन कुमार सुनारले छायाँकन गरेका छन । “मलाई छोडि” भिडियोमा आशा खड्का र विकाश श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई सन्तोष पौडेल ले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया