काठमाडौं,
गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा…’ गीत लिएर स्रोता/दर्शकमाझ आउन लागेका हुन् ।

राजधानीको असन स्थित क्रिएशन रेकडिङ् स्टुडियोमा उनले मंगलाबार यो गीत रकेड गरेका हुन भने दुई चार दिनमा गीतको भिडियो पनि दर्शक/स्रोतामाझ ल्याउने तयारीमा रहेको बताए ।

थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेका छन् । गीतमा सङ्गीत विना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक/स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।

संगमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रन भन्दा फरक रहेको छ ।

तपाईको प्रतिक्रिया