रोशन पोखरेल, काठमाडौं । नेपाली लोकसंगीतको क्षेत्रमा रहेका मौलिक भाकाहरुलाई जर्गेना गर्ने क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आइरहेको अवस्थामा मायामा हुने धनसम्पती प्रति देखाउने ब्यावहारलाई गीतमा देखाइएको छ ।
गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो ।मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गीतमा ब्यक्त गरिएको छ ।
प्रयत्न कुमारको शब्द सिर्जना तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वाेकृष्ट बनेको गायक प्रेम रावतले बताए् । मुकेश हुमाँँगाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् । “आफनो पन ” भिडियोमा प्रकाश सपुत र आशा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् । …

हेर्नुहोस भिडियो ।


……………

तपाईको प्रतिक्रिया