काठमाडौ । नेपाली चलचित्रमा नयाँ नयाँ नायिकाहरु आउने क्रम जारी रहेको छ । सिने जगतमा भबिष्य खोज्दै आएर २,३ वटा चलचित्रमा खेलेर पलायन भएको हामीले थुप्रै देखिएका छन् । तर पछिल्लो समयमा थुप्रै निर्देशकको रोजाइमा परेकी नायिका हुन आयुष्मा खतिवडा । उनले उक पछि अर्काे चलचित्रमा अभिनय गदैअभिनय तथा नृत्यमा पोख्त आयुष्मा खतिवडा पनि यतिबेला सिने मैदानमा संघर्षरत छिन् । मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई सक्षम नायिकाको रुपमा उभ्याउन प्रयास रत खतिवडामा एउटी सक्षम नायिकामा हुनु पर्ने गुण झल्किन्छ ।

आधा दर्जन म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल नायिका खतिवडाले ब्वाईफ्रेण्ड, जस्मिन, पसिना, काउँसो, एकलब्य, आदि चलचित्रमा काम गरिसकेकी छन् । ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनको पर्खाईमा रहेको छ भने ‘जस्मिन’को डविङ्ग भैरहेको छ । अहिले दिनरात मिहेनत गरिरहेकी उनि नेपाली चलचित्रका लागि निकै सम्भावना बोकेकी कलाकार हुन । परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने खतिवडा यसै क्षेत्रमा केही गर्ने सोचका साथ संघर्षरत छिन् । चलचित्र ‘ब्वाईफ्रेण्ड’मा आयुष्मालाई नर्सको भूमिकामा देख्न सकिन्छ भने यसै चलचित्रले उनलाई उचाईमा पुराउन मद्दत गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया