काठमाडौ । गायक स्वरपराज आचार्यको स्वरमा सजिएको गीत ‘मैले भन्दा धेरै माया’को म्युजिक भिडियो तयार भएको छ । स्वरुपराज आचार्यले गाएको यो गीतलाई संगीत विपिन आचार्यले दिएका हुन ।

यो म्युजिक भिडियोमा नायिका अनु शाह र केशव पराजुली शर्मा,प्रकाश लम्साल फिचरिङ छन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएका केशव पराजुली यो म्युजिक भिडियोबाट उत्साहित देखिएका छन् । नेपाली चलचित्रकी चर्चित नायिका अनु शाहसँग यो गीतमा रोमान्स गरेका केशव अभिनयलाई निरन्तरता दिने बताउछन् ।

यस गीतलाई गीतकार दीपक पाठकले लेखेका हुन । निरोज श्रेष्ठको छायाङकन रहेको उक्त म्युजिक भिडियोलाई निर्देशन समन अधिकारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया