काठमान्डौँ,असार २० । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतम र गायक सुरेश तामाङको आवाज रहेको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘पर्दा लाको होटल’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक सुरेशले बताए । गायक तथा संचारकर्मी भिमसेन खतिवडाको गीतमा शब्द तथा लय सिर्जना रहेको छ भने एरेन्ज बिष्णु तामाङ्ले गरेका हुन् । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन । गीतको भिडियोमा हास्यकलाकार यादब देवकोटा (सरापे) र कृष्मा ढकालले अभिनाय गरेका छन । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया