काठमान्डाँै , असार २८
भोली शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आउन लागेको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा ” लाई सेन्सरबोर्डले युनिर्भसल सर्टिफिकेट दिएको छ ।

सेन्सरबोर्डले फिल्मलाई बालबालिका ,युवा युवति तथा सबै उमेर समुहका ब्यक्तिहरुले हेर्न पाउने भएका छन । नेपाली सिनेमा जगतका लागी फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शक का लागी उत्तिकै महत्वपुर्ण हुने फिल्मका निर्देशक शोवित बस्नेतले बताए । माया प्रेम र रोमान्सका दृश्यहरुलाई निकै कलात्मक रुपमा चलचित्रमा समेटिएको छ ।
फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।

तपाईको प्रतिक्रिया