श्रावण २५ देखि प्रर्दशनमा आउन लागेको चलचित्र टिनएज को फेमिली गीत मेरी छोरी सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राइ , टिका प्रसाइ र दर्शना महर्जनको आवाज रहेको छ । गीतलाइ बिकाश चौधरीले संगीत भरेका हुन् भने गीत हरी उप्रेतीले लेखेका हुन् ।

दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र टिनएज मा टिनएज उमेर का युवा पुस्ताको बास्तबिक कथा समेटिएको छ । चलचित्रमा नरेश बिर सिं , एन्जीला खड्गी , प्रतिक्षा खड्का , सरोज शाह , कृष्ण सिवाकोटी , सरिता राजउप्रेती , निर्मल स्याङतान रेशम फिरीरी लगायतका कलाकारको अभिनय रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुती चलचित्र टिनएज लाइ बिरु मगर , बुद्धिमान स्याङतान , चिनिमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया